birat ribon

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको भाउ एक सय २० पुग्यो

Neuro
इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको भाउ एक सय २० पुग्यो

विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको जनाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ ।

cura insider

यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निमगले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ ।

निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

jackson ribon