birat ribon

नमोबुद्धको काखमा काव्यउत्सव

Neuro
नमोबुद्धको काखमा काव्यउत्सव

काठमाडौँ / नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा, नमोबुद्ध साहित्य उत्सवको तेस्रो शृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभ्रे जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा बृहत्त् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो ।

काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधीन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार–विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो ।

cura insider

नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथि वरिष्ठ कवि, कथाकार एवं साहित्यिक अभियन्ता एलबी क्षेत्री थिए ।

स्वागत मन्तव्य प्रस्तत गर्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजल पौडेलले आफ्नो नगरपालिका कलासाहित्यको उत्थानमा लागिपरेको बताए । ‘प्रमुख मन्तव्य प्रस्तुत गर्दै कवि तथा समालोचक महेश पौड्यालले भने, पूर्ण कविता नृत्यजस्तो हुनुपर्छ, जसले शरीरका सबै अवयवलाई एकैचोटि झङ्कृत गरिदिन्छ’, उनले भने, ‘अचेल हामी खण्डित भाषा टिपेर कविता बनाउनुपर्ने समयमा छौँ । त्यसैले, हामीमा कलाकारिता बढी हुनु जरुरी छ ।’

नेपाल टेलिभिजनका महाप्रबन्धक, कवि, कथाकार तथा चलचित्रकर्मी फूलमान बलले हामी आयातित विचारले भन्दा आफ्नै स्थानीय चिन्तन र पहिचानबाट बढी चिनिनु जरुरी भएको बताए । उनले काभ्रे थुप्रै मिथक, गाथा, कथा, लोक सङ्गीत र जातीय पहिचानका अवयवहरूमा धनी रहेको भन्दै यस्ता कुरामा अबको लेखक केन्द्रित हुनुपर्ने बताए ।

प्रमुख अतिथिको मन्तव्य प्रस्तुत गर्दै साहित्यकार एलबी क्षेत्रीले निर्वाचित स्थानीय सरकार कलासाहित्यको उत्थानमा लाग्नु ज्यादै सराहनीय कार्य भएको बताए । कार्यक्रमका सभापति, मेयर टिपी शर्माले नमोबुद्ध नगरपालिकालाई साहित्यमैत्री नगरपालिका बनाउने क्रममा रहेको बताए ।

कार्यक्रमको दोस्रो सत्र कवितावाचनमा केन्द्रित रह्यो । कवि तथा निबन्धकार मोमिलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काभ्रेबाहिरबाट जाने, र काभ्रेभित्रकै कविहरूले आफ्ना कविता सुनाएका थिए ।

jackson ribon