birat ribon

नेपालले ओलीलाई भने : पार्टीभित्रको विवाद समाधान गर्न आउनुस्

Neuro
नेपालले ओलीलाई भने : पार्टीभित्रको विवाद समाधान गर्न आउनुस्

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गरेका छन् । पार्टीभित्र आन्तरिक विवाद चर्किँदै जाँदा नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रूपमा आग्रह गरेका हुन् ।

आइतबार काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै समस्याको समाधान बैठकबाट खोज्नुपर्ने बताए । आफूअनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताए ।

cura insider

नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडिबाट चलाउनुपर्ने बताए । त्यसबेलाको सङ्गगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरूलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेता नेपालले आफूहरू चुप लागेर नबस्ने बताउँदै नवौँ महाधिवेशनमा थोरै मतान्तरले मात्रै आफू ओलीसँग पराजित भएको स्मरण गराए । उनले अझैपनि आफूहरूको ४२ जिल्लामा बर्चश्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गरे ।

jackson ribon