birat ribon

मछिन्द्र आहा रारा गोल्डकपबाट बाहिरियो

Neuro
मछिन्द्र आहा रारा गोल्डकपबाट बाहिरियो

पोखरा / सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब पोखरामा जारी १९औँ आहा रारा गोल्डकपबाट बाहिरिएको छ । आइतबार भएको खेलमा अफ्रिकन रुट्स एसोसियसनसँग २–१ गोलले पराजित हुँदै मछिन्द्र बाहिरिएको हो ।

पोखरा रङ्गशालामा शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३औँ मिनेटमा मोउसाले गोल गर्दै अग्रता दिलाएका थिए ।

cura insider

निकै प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रता दिलाए । पछि परेसँगै दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालले गोलबाट अग्रता छोट्याउन पुगेको थियो ।

बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । जितसँगै अफ्रिकन रुट्स अन्तिम चारमा प्रवेश गरेको छ । हेटौँडामा वागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अप्र्रिmकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्याउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । सोमबार मनाङ मर्स्याङ्दीले सङ्कटाविरुद्ध खेल्ने छ ।

jackson ribon