birat ribon

विमानस्थलको सरसफाइमा ध्यान दिन पर्यटन मन्त्रीको निर्देशन

Neuro
विमानस्थलको सरसफाइमा ध्यान दिन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेषरूपमा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

विमानस्थलमा अनावश्यक सामग्री पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त–दुरुस्त व्यवस्थापन गर्न उनले निर्देशन दिए । सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्न पनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरूको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने बताए ।

cura insider

मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महँगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रियरूपमा समान हुनुपर्ने बताए । उनले विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएकाले विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन पनि दिए ।

विमानस्थलभित्र बस्ने ट्याक्सीले महँगो भाडा लिने गरेकोप्रति पनि मन्त्री ढकालले चासो देखाएका थिए । ट्याक्सीहरूलाई सरकारले अतिरिक्त सेवा दिएर भए पनि मिटरमा हिँडाउनुपर्नेमा उनको जोड थियो । ट्याक्सीलाई सिस्टममा हिँडाउनका लागि विमानस्थलभित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने उनको भनाइ थियो ।

jackson ribon