birat ribon

विराटनगरमा सुरु भयो बडी बिल्डिङ तालिम

Neuro
विराटनगरमा सुरु भयो बडी बिल्डिङ तालिम

विराटनगर / मोरङ बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा आइतबारबाट सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

प्रमुख अतिथिको रूपमा तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले खेलकुद देशको मेरुदण्डको रूपमा रहने बताइन् । बडी बिल्डिङजस्तो खेललाई राज्यले महत्व दिनुपर्ने बताउँदै उनले शारीरिक र मानसिकरूपमा स्वस्थ रहन पनि यो खेलको महत्व रहने बताइन् ।

cura insider

कार्यक्रममा एसोसिएसनका केन्द्रीय महासचिव अजय बज्राचार्य मुख्य प्रशिक्षक शिवलाल श्रेस्ठ राष्ट्रिय खेलकुद परिषद्का शारीरिक सुगठन प्रशिक्षक राजेन्द्र तुलाधर, उपाध्याक्ष रणबाहादुर थेबेलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रशिक्षकका रूपमा डाक्टर मोहित शर्मा, राजेन्द्र तुलाधर, शिवलाल श्रेष्ठ, डाक्टर नवीन कर्ण रहनेछन् । तालिम सात दिनसम्म सञ्चालन हुने कार्यक्रमका संयोजक अमलेश कर्णले बताए ।

jackson ribon