birat ribon

सेरिनद्वारा बझाङमा पुस्तकालयका लागि पुस्तक हस्तान्तरण

Neuro
सेरिनद्वारा बझाङमा पुस्तकालयका लागि पुस्तक हस्तान्तरण

काठमाडाैँ / देश विकासको मूल आधार शिक्षा क्षेत्रमा सुाधार ल्याउनुपर्छ भन्ने हेतुले स्थापना भएको संस्था ‘नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्र’ (सेरिन) ले बझाङमा पुस्तकालय निर्माणका लागि करिब १५ सय पुस्तक प्रदान गरेकाे छ ।

विभिन्न कलेजहरुमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको संस्था (सेरिन) ले २ वर्ष अघिदेखि शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

cura insider

बझाङस्थित सुर्मा गाउँपालिका–५ मा रहेको धौल्देउ निम्न माध्यमिक विद्यालयमा सफल परियोजना–शिक्षाको निम्ति एक कदम कार्यक्रममार्फत पुस्तक हस्तान्तरण गरिएको हो ।

विभिन्न विद्यालयका विद्यार्थीहरुबाट संकलन गरेर बझाङका विद्यालयमा आवश्यक पर्ने पुस्तकहरु विद्यालयमा दिएर पुस्तकालय निर्माण गरिएको अध्यक्ष राम न्यौपानेले बताए ।

उनका अनुसार पुस्तकालय निर्माण सगँसँगै पुस्तकालय व्यवस्थापन कसरी गर्ने भनेर पनि त्यहाँको शिक्षकहरुलाई तालिमसमेत दिइएको छ ।

धौल्देउ निम्न माध्यमिक विद्यालयमा निर्माण भएको पुस्तकालय त्यहाँका विद्यार्थीलाई मात्र नभएर अरु आवश्यक परेकाहरूले पनि उपयोग गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

उनी भन्छन्, ‘ज्ञान पाउनबाट कोही वञ्चित हुन नदिनु नै हाम्रो मुख्य लक्ष्य हो । त्यसैले निर्माण भएको पुस्तकालयबाट सुर्मा गाउँपालिकाले सक्दो फाइदा लिन सक्नुपर्छ ।’

जनचेतनाको अभावले गर्दा अझै पनि सुर्मा गाउँपालिकामा छाउपडी र बालविवाह प्रथा हट्न सकेकाे छैन । पुस्तकालय निर्माण सँगसँगै छाउपडी प्रथा तथा बालविवाह न्यूनीकरणका लागि विद्यार्थी तथा अभिभावकसमेतको सहभागितामा चेतनामूलक र्‍याली तथा छलफल कार्यक्रम पनि सुरु गरिएको उनले बताए ।

सेरिन संस्थाले यसअघि पनि सिन्धुपाल्चोकमा दुई वटा, मकवानपुरमा एक र इलाममा एउटा सामुदयिक विद्यालयमा व्यवस्थित पुस्तकालयको स्थापनासँगै विभिन्न शैक्षिक कार्यक्रमहरु गरिसकेको छ ।

संस्थाले लकडाउनको अवधिमा पनि अनलाइनमार्फत चित्रकला, निबन्ध लेखन, कविता वाचन लगायतका कार्यक्रम आयाेजना गरेको थियो । लकडाउनकै समयमा यस संस्थाले करिब १५ सय विपन्न परिवारलाई निःशुल्क खाद्यान्न प्याकेज वितरण गरेको थियो ।

jackson ribon