birat ribon

बनौला एकदम मौलिक, एकदम नौलो

मध्य भूभाग तथा तराई सर्वेक्षण भ्रमण

Neuro
बनौला एकदम मौलिक, एकदम नौलोमध्य भूभाग तथा तराई सर्वेक्षण भ्रमण

बनौला गाउँ, तराई सप्तरी जिल्लाको एक मौलिक ठाउँ हो । पोखरीेछेउको बाँसघारीमा प्रभातकालीन चराचुरुङ्गीहरूको एकनासको चिरबिर आवाजले उठायो । चारैतिर हेरेँ, एकदम नौलो । रहनसहन, वेशभूषा, भाषा, संस्कार र संस्कृति, चालचलन, खानपान सबै पहाडी जीवनभन्दा फरक ।

माझीसरकी आमा अघि नै उठी मन्दिर पुगेर आइसक्नुभएछ । उहाँ नेपाली बोल्न नसक्ने, म पनि प्रष्ट मैथिली बोल्न हिचकिचाउने । माझीसर मध्यस्थता गर्न खप्पिस । मलाई कुनै गाह्रो भएन ।

cura insider

निकै पुरानो भएकाले पोखरीमा आफ्नै प्रकारको पारिस्थितिक प्रणाली स्थापित भएको छ । हात–मुख धुने, नुहाउने र चोैपायालाई पानी खुवाउने स्थल यही रहेछ ।

उठेर मर्निङ–वाक गर्न निकैपर कोसी नहरसम्म पुग्यौँ । त्यही निहुँमा नहरको अवलोकन पनि गर्‍यौँ । त्यहाँ भ्यागुता तथा छेपाराहरू प्रशस्त पाइने रहेछ ।

बनौलाको पश्चिमतर्फ एउटा पोखरी छ । पोखरीवरिपरि आँपको बगैँचा र बाँसघारी छ । किनारामा माझी सरको परिवारले निर्माण गरेको एउटा हनुमान मन्दिर छ । माझीसरले त्यो मन्दिर आफ्नो बुवाको नाममा स्थापना गर्नुभएको रहेछ । पोखरीमा पानी निकै रहेछ । यसको क्षेत्रफल २० गुना ३० मिटर जति होला ।

निकै पुरानो भएकाले पोखरीमा आफ्नै प्रकारको पारिस्थितिक प्रणाली स्थापित भएको छ । हात–मुख धुने, नुहाउने र चोैपायालाई पानी खुवाउने स्थल यही रहेछ । यहाँ घरेलु हाँस र केही प्रजातिका बकुल्लाहरू पनि छन् ।

बनौला गाउँको एउटा निर्मित पुरानो पोखरी

मधेसका गाउँहरूमा प्रायः स्थानीयका लागि एउटा पोखरी बनाउने प्रचलन यत्रतत्र छ । त्यहाँ यहाँ पनि देखियो ।

त्यो दिनभरि मैले बनौला गाउँ र सेरोफेरोका क्षेत्रहरूमा स्थलगत अवलोकन गरेर बिताएँ । माझीसर घर–व्यवहार रेखदेख गर्नपट्टि लाग्नुभयो । म खेत–बारी, चौरी तथा पोखरीतिर घुमेँ । त्यहाँ पाइने उभयचर (कालो खस्रे, पल्टने भ्यागुतो, किथ्रे भ्यागुतो,आदि) तथा सरीसृप (बगैँचे छेपारो, भित्ती, बहुनी सर्प, ढोडिया, धामन आदि) नमुनाहरूसहित अवलोकन गरियो ।

यसैगरी, त्यस क्षेत्रमा मध्यतराईको पर्यावरण अध्ययन गरेँ । बाटो देखाउने एक जना स्थानीय युवक साथी माझीसरलाई खोज्न लगाएर राति पनि स्थानीय बाँध–पैनी, पोखरी, धानखेत, खाल्डा–खुल्डीतिर सरीसृपहरू अवलोकन गरेँ ।

त्यस रात म निकै हर्पेटोफाउनाका आधारभूत तथ्याङ्क सङ्कलन गर्र्न सफल बनेको थिएँ । उक्त गाउँले युवकसँग रात्रिकालीन नमुना सङ्कलन गर्दा रातको १० बजिसकेछ । यसर्थ हामी माझी सरको घरतिर फक्र्यौँ ।

माझीसरको आमाले स्थानीय चाडमा खाइने विशेष परिकार बनाउनु भएको रहेछ । राति माझी परिवारमा मनाइने चाडबारे सोधखोज गरेँ । हामीले चाड–पर्वमा खाइने विशेष खाना बगिया खाएर आराम गर्‍यौँ । बगियाको स्वादमा आफ्नै प्रकारको मौलिकता झल्किन्थ्यो ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon