birat ribon

पेट्रोलियम डिलर्स एशोसिएसनमा प्रधान

Neuro
पेट्रोलियम डिलर्स एशोसिएसनमा प्रधान

विराटनगर / नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बनेका छन् ।

एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट काठमाडौंमा भएको थियो । गयराति सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा प्रधान विजयी घोषित भएका हुन् । साधारणसभाबाट प्रधानको प्यानलै विजयी भएको छ ।

cura insider

एशोसिएसनको महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए ।

jackson ribon