birat ribon

प्रदूषणका कारण बन्द भएका विद्यालय आजबाट सञ्चालन हुँदै

Neuro
प्रदूषणका कारण बन्द भएका विद्यालय आजबाट सञ्चालन हुँदै

विराटनगर /उच्च वायु प्रदूषणका कारण बन्द भएका विद्यालयहरु आज (आइतबार)बाट सञ्चालनमा आउने भएका छन् ।

प्रदूषण कम हुँदै गएपछि विद्यालय सञ्चालन हुने भएका हुन् । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहले पनि विद्यालय सञ्चालन गरेका थिए । वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो।

cura insider

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको हो । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए।

jackson ribon