birat ribon

मृत्यु

Neuro
मृत्यु
सनत सापकोटा

बच्चा जन्मिनेबित्तिकै च्या“ट्ठिएर रुन थाल्यो । जब बच्चा रुन थाल्यो, डाक्टर फुत्त बाहिर निस्के र ढोकामा प्रतीक्षारत् उसको बाबुलाई बधाई दिए– ‘ल तपाईंलाई बधाई छ । छोराको बाबु हुनुभयो । बच्चा र आमाको स्वास्थ्य बिल्कुल ठीक छ, कुनै चिन्ता लिनुपर्दैन ।’

बच्चाको त्यही रुवाइले बेडमा अर्धबेहोसीमा रहेकी आमा ब्य“ुझी । ऊस“गै उसको मातृस्नेह बिउ“झिएको थियो । उसले बच्चातिर पुर्लुक्क एक नजर फ्या“की र लामो सास तानी । सायद आमा बन्न सकेकोमा उसलाई अथाह सन्तुष्टि मिलेको थियो ।

cura insider

आफन्तहरू गद्गद् थिए । चारैतिर हर्षैहर्षको वर्षा भइरहेथ्यो ।

तर, बच्चा रोइरहेकै थियो । उसको रुवाइप्रति कसैले ध्यान दिइरहेको थिएन । हामी त अभ्यस्त भइसकेका थियौँ, यस्ता रुवाइप्रति । जब बच्चा जन्मिनेबित्तिकै च्याट्ठिएर रुन्थ्यो तब हामी ऊ स्वस्थ रहेकोमा ढुक्क हुन्थ्यौँ र उसका आफन्तलाई बधाई भन्थ्यौँ । भनौँ नवजात शिशुको रुवाइ नै हामी डाक्टर र नर्सका लागि स्वस्थताको सिफारिस बन्थ्यो ।

तर, आज अचानक मलाई बच्चाको रुवाइ अनौठो लाग्यो । यो अस्पतालमा नर्स भएर बिताएका दुई दशक मलाई यस्तो कहिल्यै भएको थिएन । आजसम्म हजारौँ बच्चालाई आफ्नै हातले यस धर्तीमा उतारेकी छु । कतिले रुन नसकेकै कारण पदार्पण गर्नासाथ यस धर्तीबाट सदाका लागि बिदा लिएका छन् ।

मैले कहिल्यै सोचेकी थिइनँ कि बच्चा यसरी किन रुन्छ ?

मलाई एकाएक यस्तो अनुभूति भयो– बच्चाभित्र प्रवेश गरेको मृत्यु खित्खिताउँदै हाँसिरहेको छ ।

jackson ribon