birat ribon

राष्ट्रपतिले उद्घाटन गरिन् मेलम्चीकाे पानी वितरण

Neuro
राष्ट्रपतिले उद्घाटन गरिन् मेलम्चीकाे पानी वितरण

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छिन् ।

भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।

cura insider

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।

मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ। अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

काठमाडौं खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौं उपत्यकामा दैनिक करिब ८ करोड लिटर खानेपानी वितरण गरिने छ ।

jackson ribon