birat ribon

मार्च महिनामा झन्डै पन्ध्र हजार विदेशी पर्यटक नेपाल भित्रिए

Neuro
मार्च महिनामा झन्डै पन्ध्र हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ / सन् २०२१ को मार्च महिनामा झन्डै पन्ध्र हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च महिनामा १४ हजार नौ सय ७७ विदेशी पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो ।

cura insider

वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार नौ सय ९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा आठ हजार आठ सय ७४ र फेब्रुअरीमा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

मार्चमा ११ हजार दुई सय पुरुष, तीन हजार तीन सय ६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् । तुलनात्मक रूपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत काम हो ।

सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो । सन् २०१९मा एक लाख २७ हजार तीन सय १५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार छ सय ५८ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट एक हजार सात सय तीन पर्यटक आएका छन् । चीनबाट एक हजार दुई सय सात पर्यटक आएका छन् । बेलायतबाट छ सय ६५ र बङ्गलादेशबाट पाँच सय ६८ पर्यटक नेपाल आएका छन् ।

jackson ribon