विराटनगर / राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै दस उत्कृष्ट फुटबलरको सूचीमा परेका छन् ।
एसियाली फुटबल सङ्घ (एफएफसी) बिहीबार सार्वजनिक गरेको ‘एएफसी साताको राष्ट्रिय खेलाडी’ को सूचीमा किरणले पनि स्थान बनाएका हुन् । एएफसीले सार्वजनिक गरेको एसियाका दस उत्कृष्ट खेलाडीको सूचीमा किरणले स्थान बनाएका हुन् ।
उक्त सूचीमा युएइका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, साउदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् ।
सूचीमा परेका दस खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’का लागि मतदान खुला गरिएको छ । एएफसीको वेबसाइटमा अप्रिल चारसम्म जोसुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछन् ।