birat ribon

कब्जियतको समस्या भएका मानिसले गर्न नहुने केही गल्ती

Neuro
कब्जियतको समस्या भएका मानिसले गर्न नहुने केही गल्ती

विराटनगर / हरेक मानिसलाई एक न एक पटक कब्जियतले सताएकै हुन्छ ।

शरीरमा पानीको कमी तथा डिहाइड्रेसन, फाइबरको सेवनमा कमी, तनाव वा धेरै दुग्ध पदार्थको सेवन लगायत धेरै कारणले कब्जियत हुन सक्छ । पेट फुलेको वा असहज महसुस गर्दै गर्दा सामान्य लापरवाही वा गल्तीले परिस्थितिलाई अझ नराम्रो बनाउन सक्ने हुँदा कब्जियत भएको मानिसले यी पाँच कुरामा ध्यान दिनुपर्छ ।

cura insider

– प्रशोधित तथा जङ्क फुडको सेवनले पाचन प्रक्रियालाई ढिलो बनाएर थप समस्या बढाउन सक्छ । त्यसैले कब्जियत भएको मानिसले प्रशोधित तथा जङ्क फुड, प्याकेटमा राखिएको र रेडिमेड खानाको सेवन गर्नु हुँदैन ।

– शारीरिक निस्क्रियताले पनि पाचन प्रक्रियालाई ढिलो बनाउने हुँदा असहज महसुस भएको भनेर धेरै आराम गर्नु पनि लाभदायक नहुन सक्छ । त्यसैले कब्जियत भएमा शारीरिक सक्रियता हुने गतिविधि गरिरहनु पर्छ ।

– दुग्ध पदार्थको सेवनले पेट फुल्ने तथा कब्जियतको समस्या पैदा गर्ने हुन्छ । पहिलेदेखि कब्जियतको समस्या भएकालाई दुग्ध पदार्थको सेवनले स्थिति थप खराब बनाउन सक्ने हुन्छ ।

– दैनिक खाइने धेरै औषधि, दुखाइ कम गर्ने औषधिले पनि कब्जियतमा योगदान पुर्‍याउन सक्छ । यदि कुनै औषधि लिइरहनु भएको छ र प्राय कब्जियतको समस्या भइरहे डाक्टरसँग परामर्श लिनुपर्छ ।

– शरीरमा पानीको कमी तथा डिहाइड्रेसन कब्जियतको मुख्य कारण हो । अत्यधिक रक्सी तथा क्याफिनको सेवनले डिहाइड्रेसन निम्त्याउन सक्ने हुँदा कब्जियतको समस्या हुने मानिसले यी कुराबाट टाढा रहनुपर्छ ।

jackson ribon