birat ribon

छोरो हराएपछिको पीडा

Neuro
छोरो हराएपछिको पीडा

सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका २१ वर्षीय रामकुमार महतो गत कात्तिक २० गते बिहान ७ बजे घरबाट हराए । घरबाटै हराएका महतो अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

मानसिक समस्या भएका उनी यहाँभन्दा पहिले यसरी हराएका थिएनन् । एक दिन छोरो घर नआउँदा कतै साथीकोमा होला भन्ने लाग्यो । छरछिमेकमा खोजी गर्दा पनि पत्ता लागेन । भोलिपल्ट घर आइहाल्छ भन्ने आसमा बसेको परिवार भोलिपल्टसम्म छोरो घर नआएपछि हरायो भन्ने निष्कर्षमा पुग्यो । त्यसपछि छोरोको खोजी सुरु भयो ।

cura insider
बेपत्ता रामकुमारका बुबा दानालाल

छोरो नजिकैको स्थानमा हुनसक्छ भनेर उनीहरूले भोक्राहा, लौकही, इनरुवालगायतका सबै ठाउँमा खोजी गरे । तर कतै फेला नपारेपछि सिरहा, सप्तरीदेखि काँकडभिट्टासम्म छोरोको खोजीमा धेरै दिन बिताए । तर पनि फेला पार्न सकेनन् ।

स्थानीय सञ्चारमाध्यममा छोरो हराएको सूचनासमेत प्रकाशन तथा प्रशारण गराए । राजविराजमा समेत रेडियोमार्फत छोरो हराएको सूचना प्रशारण गरे । तर अहिलेसम्म अत्तोपत्तो केही थाहा छैन ।

छोरो हराएपछि लौकही प्रहरी चौकीमा समेत जानकारी गराए । तर त्यहाँबाट समेत केही प्रतिक्रिया नआएको रामकुमारका बुबाले बताए । कृषि पेसामा आवद्ध दानालाल छोराकै खोजीमा समय बितिरहेकाले खेतिपातीसमेत गर्न नभ्याएको बताउँछन् । छोरो हराएपछि श्रीमतीलाई पनि मानसिक समस्या देखिएको दानालालले बताए । दानालालका आँखा घरिघरि रसाइरहन्छन् । आमा फुलियादेवीले मेरो छोरालाई चोरले लग्यो भन्दै बारम्बार भनिरहने गरेकी छन् ।

बेपत्ता रामकुमारकी आमा फुलियादेवी

छोरो हराएपछि रामकुमारकी आमा फुलियादेवी महतो मानसिक रुपमा बिरामी परेकी छन् । छोरो नभेटिएपछि उनका आखाँबाट आँशु रोकिएका छैनन् । हरक्षण छोराकै यादमा टोलाइरहने गरेको रामकुमारका बुबा दानालाल महतोले बताए ।

अहिले उनीहरु छोराको खोजीमा निरन्तर लागिरहेका छन् । तर अहिलेसम्म पत्ता नलाग्दा छटपटीमा दिन कटाइरहेका छन् । उनीहरूका आँखा बारम्बार रसाउने गरेका छन् । कान्छो छोरा रामकुमार हरबखत उनीहरूकै साथमा रहन्थे । तर त्यही छोरो हराएपछि उनीहरू पीडामा दिन कटाइरहेको छिमेकीले बताए ।

उनका बुबा दानालालका अनुसार रामकुमार मैथिली भाषामात्रै बोल्थे । उनले आफ्नो नाम रामकुमार मात्रै भन्छन् । तर बुबाको नाम मात्रै पूरै भन्ने गरेका थिए । करिब पाँच फिट पाँच इन्च उचाइ भएका महतो कालो वर्णको छन् । घरबाट हराउँदा उनले सेतो भेस्ट र कालो रङको हाफपेन्ट लगाएका थिए ।

jackson ribon