birat ribon

महाेत्तरीबाट हराएका सात बालिका/किशाेरी भारतकाे सीतामढीमा भेटिए

भारतीय प्रहरीसँगकाे बयानमा भनेः हामी गायिका बन्न आएका

Neuro
महाेत्तरीबाट हराएका सात बालिका/किशाेरी भारतकाे सीतामढीमा भेटिएभारतीय प्रहरीसँगकाे बयानमा भनेः हामी गायिका बन्न आएका

काठमाडाैँ / महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरमा घाँस काट्न गएका बेला हराएका सात जना बालिका भारतकाे सीतामढीमा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजाेश घिमिरेले हराएका बालिका सीतामढीमा भेटिएकाे पुष्टि गरे । उनका अनुसार उनीहरूलाई लिनका लागि प्रहरी टाेली त्यसतर्फ गइसकेकाे छ ।

cura insider

‘हराएका बालिका त्यहाँ भेटिएकाे आधिकारिक रूपमा पुष्टि भइसकेकाे छ’, उनले भने, ‘उनीहरूकाे अपहरण भएकाे हाे वा आफैँ गएका हुन् भन्नेबारे भने उनीहरूलाई नेपाल ल्याएर अनुसन्धानपछि मात्रै खुल्छ ।’

मङ्गललबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन् ।

सीतामढी प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल प्रहरीलाई खबर गरिएकाे थियाे । भारतीय प्रहरीलाई उनीहरूले दिएकाे बयानमा आफूहरू गायिका बन्न आएकाे बताएकाे स्राेतले जनाएकाे छ ।

उनीहरूकाे साथमा काेही पनि नभेटिएकाले अपहरण नै हाे भन्न नसकिने भारतीय प्रहरीले जनाएकाे प्रहरी निरीक्षक घिमिरेले बताए । यद्यपि थप अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने उनकाे भनाइ छ ।

बालिकाहरू हराएपछि जिल्ला प्रहरी कार्यालयमा खाेजतलासका लागि निवेदन परेकाे थियाे । कार्यालयले प्रहरी निरीक्षककाे कमान्डमा टाेली खटाएर खाेजी तीव्र बनाएकाे थियाे ।

jackson ribon