birat ribon

खोटाङका एक सय छ वटा सामुदायिक विद्यालयका भवन पुनः निर्माण

Neuro
खोटाङका एक सय छ वटा सामुदायिक विद्यालयका भवन पुनः निर्माण

खोटाङ / महाभूकम्पपछि क्षतिग्रस्त बनेका मध्ये खोटाङमा एक सय छ वटा सामुदायिक विद्यालयका भवन पुनः निर्माण गरिएका छन् ।

विसं २०७२ सालको भूकम्पका कारण जिल्लामा एक सय ६१ वटा विद्यालय भवनमा क्षति पुगेको थियो । क्षतिग्रस्त बनेकामध्ये विभिन्न आर्थिक वर्षमा एक सय छ वटाको अपाङ्गमैत्री र महिलामैत्री हिसाबले पुनः निर्माणको काम सम्पन्न गरिएको हो ।

cura insider

भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटाको पुनः निर्माण गरेका हुन् । एकाइ प्रमुख बाबुराम पोखरेलले गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गर्नेबाहेक अरु विद्यालय भवनको पुनःनिर्माण एकाइले गरेको हो ।

गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार रुपैयाँ, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार रुपैयाँ, दुई कोठे भवन निर्माणका लागि २३ लाख ९० हजार रुपैयाँ बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ । पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन÷फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा सात लाख ४० हजार रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ । भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार चार सय ६२ र प्रबलीकरणतर्फका तीन सय ६१ परिवार गरी कुल आठ हजार आठ सय २३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत ५० हजार रुपैयाँ, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपैयाँ र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत एक लाख रुपैयाँ बुझेका छन् । रासस

jackson ribon