birat ribon

बलात्कार आराेपमा एक जना पक्राउ

Neuro
बलात्कार आराेपमा एक जना पक्राउ

ओखलढुङ्गा / ओखलढुङ्गा प्रहरीले महिला बलात्कार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका-५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राई रहेकाे प्रहरीले जनाएकाे छ । उनले २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको प्रहरीकाे आराेप छ । 

cura insider

राईले ती महिलालाई बिहीबार राति उनकै घरमा जबरजस्ती करणी गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई साेमबार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

jackson ribon