काठमाडाैं । विगत ३ दिनदेखि बढेकाे वायु प्रदूषणका कारण सरकारले ४ दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेको भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हाे ।
प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकाले विद्यालयहरू बन्द गर्ने निर्णय भएकाे मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अहिले चलिरहेको परीक्षाबाहे बाँकी सबै शैक्षिक कार्य शनिबारसम्म बन्द हुने भएकाे छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।
यसअघि चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विद्यालय बन्द गरेर बालबालिकालाई जाेगाउनेबारे छिट्टै निर्णय हुने जानकारी दिएका थिए ।
विगत केही दिनदेखि काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानकाे वायु अति प्रदूषित बनेकाे छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको हाे ।
साथै देशका अधिकांश स्थानमा लागेकाे डढेलाेकाे धुवाँका कारण पिन वातावरण प्रदूषण बढेकाे हाे।