birat ribon

हाेली मेलामा भएकाे झडपमा २ जनाकाे मृत्यु, अनुसन्धानका लागि प्रहरी टाेली खटियाे

Neuro
हाेली मेलामा भएकाे झडपमा २ जनाकाे मृत्यु, अनुसन्धानका लागि प्रहरी टाेली खटियाे

काठमाडाैं । हाेलीकाे अवसरमा लागेकाे मेलामा सामूहिक झडप हुँदा बागलुङमा २ जना युवाकाे मृत्यु भएकाे ५ । 

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृत्यु भएकाे र अन्य १ दर्जनभन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ।

cura insider

घटनामा परी निसीखोला गाउँपालिका – ७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको हाे । 

झडप भएर मृत्यु भएपछि घटनाकाे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली सोमबार बिहान घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरीप्रमुख कृष्णबहादुर पल्ली मगरसहित ११ जनाको टोली खटिएको हो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमान्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले जानकारी दिए । भिरबाट ५ सय मिटर तल खसेको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।

झडप हुँदा मृत्यु भएका दुवै आफ्ना नेता तथा कार्यकर्ता भएको नेपाली कांग्रेसले जानकारी दिएको छ। बागलुङ जिल्ला कार्यसमितिका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यकर्ता भएको जानकारी दिएका हुन्।

सुनियोजित रूपमा उनीहरूको हत्या गरिएको भन्दै कांग्रेसले दोषीविरुद्ध कडा कारबाही गर्न उनले माग गरेका छन्।

jackson ribon