birat ribon

कटहरीको तरकारी बजार सञ्चालनको तयारीमा

Neuro
कटहरीको तरकारी बजार सञ्चालनको तयारीमा

मोहन ढकाल

विराटनगर / मोरङको कटहरीमा निर्माण भएको फलफूल तथा तरकारी थोक बजार सुनसान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते तरकारी बजारको उद्घाटन गरेका थिए । तर सरकारी पक्षले बजार सञ्चालन गर्न सकेन । सरकारले तरकारी वजार सञ्चालन गर्न नसकेपछि विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी सङ्घले पाँच वर्षका लागि लिजमा लिएर तरकारी बजार सञ्चालनको तयारी थालेको छ ।

cura insider

सहकारी सङ्घले वार्षिक १९ लाख २० हजार सरकारलाई बुझाउने गरी तरकारी बजार पाँच वर्षका लागि लिजमा लिएको हो । फागुन २०७७ बाट तरकारी बजार लिजमा लिएको सङ्घका सचिव राकेश दाहालले बताए । बजार सञ्चालनका लागि अन्य संरचना थप्नका लागि प्रदेश सरकारसँग पहल भइरहेको दाहालले बताए । उनले भने, ‘अन्य आवश्यक संरचना सरकारले बनाइदिन्छु भनेको छ ।’

तरकारी बजार सञ्चालनको लागि तयारी भइरहेको बताउँदै दाहालले भने, ‘वैशाखबाट नियमित बजार सञ्चालन हुन्छ ।’ सरकारको लगानिलाई प्रतिफल दिने उद्देश्यका साथ तरकारी बजार सञ्चालन गर्न लागिएको उनको भनाइ छ । अहिले पनि व्यवसायी र किसानबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । अहिले कुनै व्यापारी आएको खण्डमा छ महिनासम्म निःशुल्क रुपमा व्यवसाय सञ्चालन गर्न दिने उनको भनाइ छ ।

तरकारी बजारको प्रचारप्रसार कम हुनु र बजार एरियाभन्दा केही भित्र रहेका कारण पनि सञ्चालनमा समस्या हुँदै आएको उनले बताए । सहकारी सङ्घले लकडाउनको समयमा गत वैशाख ८ गतेदेखि बजार सञ्चालन गरेको थियो । तर लकडाउन खुलेसँगै तरकारी बजार सञ्चालन पुनः रोकिएको थियो । अहिले शनिबार हाट सञ्चालन भइरहेको बताउँदै दाहालले भने, ‘वैशाखदेखि बजार नियमित सञ्चालन हुन्छ ।’

jackson ribon