birat ribon

बनौली मेला झिलिमिलि, भटभटेमा फिरिरी !

तराई तथा मध्य–भूभाग सर्वेक्षण भ्रमण

Neuro
बनौली मेला झिलिमिलि, भटभटेमा फिरिरी !तराई तथा मध्य–भूभाग सर्वेक्षण भ्रमण

साथीभाइहरू भेला हुँदा बेलुकी सात बजिसकेको थियो । अँध्यारै भइसकेको थियो ।

पाँचवटा मोटरसाइकल बनौला मेला जान तयार थिए । राजविराज होटलमा खाना खायौँ र मोटरसाइकलको ¥यालीझैँं रूपनी भएर राजमार्ग हुँदै पश्चिम लाग्यौँ ।

cura insider

रातिको यात्रा, बडो रमाइलो थियो । कल्याणपुर पुगेर केहीछिन विश्राम लियौँ । त्यसपछि कल्याणपुर पश्चिम पर्ने खरक नदी तरेर केही पश्चिम पुग्दा एउटा ग्राभेल बाटो दक्षिणतिर लाग्यो ।

त्यस्तो बाटोमा पुगेपछि माझी सरलाई भटभटेको गति घटाउन लगाएर सर्चलाइटको उज्यालोमा बाटाका दुवैतर्फ उभयचर तथा सरीसृपहरूको नमूना अवलोकन गर्दै टेपरेकर्ड गर्न थालेँ । यतिकैमा अन्य पाँचवटा भटभटेहरू हामीलाई छाडेर अघि लागिहाले ।

बनौला मेला लाग्ने खुला घाँसे चउर (२०५७)

खरक नदीको बगरमा बाटो बिराएर निकैबेर मोटरबाइक ठेल्दै हिँड्नुप¥यो । बल्ल बाटोको गोहो भेटेर अघि बढ्दै गयौँ । त्यही रहेछ बनौला जाने बाटो ।

त्यहाँबाट भने मोटरसाइकल बनौलीतर्फ लाग्यो र सीधै मेला लागेको ठाउँमा पुग्यो । राति १० बजिसकेकाले मेलाको चहलपहल कम हुँदै गएको रहेछ ।

मधेसको एक नमुना गाउँको छेउमा लागेको मेला भएको हुँदा त्यसका आफ्नै विशेषताहरू छन् । चारैतिर झिलिमिलि नाचगान, रोटेपिङ, जुवा, मिठाई पसल, दौड प्रतियोगिता !

म ती गतिविधि अवलोकन गर्दै एउटा पसलमा बसेँ, मसँग आउने साथीहरू चाहिँ मेला कमिटीका सदस्यहरू पनि भएकाले उनीहरू आ–आफ्नो काममा लागे ।

तिहारको त्यस्ता गतिविधि हेर्दा समय बितेको थाहै भएन छ । दुई घन्टापछि माझी सर आउनुभयो । अनि सुत्नका लागि हामी दुई उहाँको घर बनौलातिर लाग्यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon