birat ribon

विराटनगरमा काेराेना सतर्कता : रित्तै छन् बजारमा राखिएका ड्रम,बसपार्कमा साबुन छैन

Neuro
विराटनगरमा काेराेना सतर्कता : रित्तै छन् बजारमा राखिएका ड्रम,बसपार्कमा साबुन छैन

विराटनगर / स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको दाेस्राे लहरकाे जोखिम बढेको भन्दै सचेत रहन आग्रह गर्दै आएको छ । जाेखिमका कारण होली पर्वमा भिडभाड नगर्नसमेत आग्रह गरेकाे छ । भारतसँग खुल्ला नाका जोडिएकाे नाकामा सतर्कता अपनाइएकाे छ । तर विराटनगरकाे बजारका अधिकांश स्थानमा हात धुनका लागि राखिएका पानीका ड्रम खाली छन् । पानी भएकाे स्थानमा साबुन छैन ।

रोकथामका लागि साबुनपानीले बारम्बार हात धुनुपर्ने, सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्नुपर्ने मापदण्डलाई प्रायः नागरिकले पालना गरेका थिए । पसल, कार्यालय, सार्वजनिकस्थलमा हात धुन साबुनपानीको व्यवस्था गरिएकाे थियाे । तर पून काेराेनाकाे जाेखिम बढेपनि सार्वजनिकस्थलदेखि विभिन्न कार्यालयमा राखिएको पानीको ड्रम तथा बाल्टी देखिँदैनन् । बजारमा राखिएका ड्रममा कतै रित्तै छन् , पानी भएका स्थानमा साबुन छैन ।

cura insider

पछिल्लो समय सङ्क्रमण बढ्न थालेपछि सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । तर स्वास्थ्य मापदण्ड पालना भएकाे छैन ।

विराटनगर मेन राेडमा राखिएकाे हात धुने स्थान

विराटनगरका बजार क्षेत्रमा राखिएका पानीका ड्रम हटाइएको छ । राखिएका स्थानमा ड्रम खाली छन् । विराटनगर बसपार्कमा राखिएको ड्रममा पानी छ तर साबुनको व्यवस्था छैन । हात धुने स्थानमा जानेकाे सङ्ख्या पातलाे छ । यातायातका साधनमा पनि सतर्कता अपनाइएकाे छैन ।

काेराेना सङ्क्रमण बढीरहेकाे अवस्थामा सतर्कता नअपनाए जाेखिम बढ्ने काेसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दास बताउँछन् । उनले सङ्क्रमणबाट बच्न विगतमा जस्तै सतर्कता र सरसफाइनमा ध्यान दिनुपर्ने बताए । विराटनगरमा पून सङ्क्रमण देखिन थालेकाे बताउँदै उनले सतर्क रहनुपर्ने बताए ।

jackson ribon