birat ribon

नौवटा कम्पनीले गरे करोडौँ राजस्व छली

Neuro
नौवटा कम्पनीले गरे करोडौँ राजस्व छली

विराटनगर / मुलुकमा विभिन्न नौवटा कम्पनीले करोडौँ रुपैयाँ राजस्व छली गरेका छन् ।

नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने सबै कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट दुई अर्ब ७३ करोड ४४ लाख ५९ हजार रुपैयाँ राजस्व छली भएको ठहर गरिएको छ । राजस्व छली गरे बराबरको रकम विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।

cura insider

राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो । राजधानी दैनिकमा समाचार छ

jackson ribon