birat ribon

उपचार गराउँदा निको हुन्छ क्षयरोग

Neuro
उपचार गराउँदा निको हुन्छ क्षयरोग

विराटनगर / औषधि उपचार गराउँदा क्षयरोग सजिलै निको हुने विज्ञहरुले बताएका छन् । समाजमा धेरै क्षयरोगी लुकेर बस्न बाध्य छन् ।

सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले रोग लुकाएर बस्ने गरिन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहे पनि औषधि र उपचारले यसको निदान हुने बताए ।

cura insider

समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon