birat ribon

उपभोक्ताको घरघरमा मेलम्चीको पानी

Neuro
उपभोक्ताको घरघरमा मेलम्चीको पानी

विराटनगर / मेलम्चीको पानी आज (आइतबार) बाट उपभोक्ताको घरघरमा जडान गरिएका धाराबाट खस्ने छ ।

कुनै प्राविधिक कठिनाई आएमा केही दिनमै काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै काठमाडौं उपत्यकाका उपभोक्ताले मेलम्चीको पानी प्रयोग गर्न पाउने छन् । सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

cura insider

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको भए पनि अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon