birat ribon

लुकाकुले गरे बेल्जियमको उद्दार

Neuro
लुकाकुले गरे बेल्जियमको उद्दार

विराटनगर / विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा बेल्जियम र चेक रिपब्लिकले बराबरी खेलेका छन् । शनिबार राति चेक रिपब्लिकको घरेलु मैदानमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा लुकाु प्रोभोदले गोल गर्दै चेक रिपब्लिकलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider
Image

६०औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सम्भावित हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘ई’का बेल्जियम र चेक रिपब्लिकले बराबरी अङ्क बनाए । चेक रिपब्लिक चार अङ्कसहित शीर्ष स्थानमा छ भने बेल्जियम समान अङ्कसहित दोस्रो स्थानमा छ । गोलान्तरको आधारमा बेल्जियम पछाडि छ ।

jackson ribon