birat ribon

पोर्चुगल बराबरीमा रोकियो

Neuro
पोर्चुगल बराबरीमा रोकियो

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत पोर्चुगल बराबरीमा रोकिएको छ । शनिबार राति भएको युरोपियन छनोटतर्फ पोर्चुगलले सर्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

सर्बियास्थित रेड स्टार स्टेडियममा पोर्चुगलले सुरुआती अग्रता बनाएको थियो । ११औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा उनले दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

cura insider

खेलको ४६औँ मिनेटमा एलेक्जेन्डर मित्रोभिकले गोल गर्दै सर्बियालाई बराबरीमा फर्काउने प्रयास गरे । ६०औँ मिनेटमा फिलिफ कोस्टिकले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो ।

खेलको इन्ज्युरी समयमा निको मिलेनकोभिले रातो कार्ड पाएपछि सर्बिया दस खेलाडीमा सीमित बनेको थियो ।

यस बराबरीसँगै समूह ‘ए’का सर्बिया र पोर्चुगलले बराबरी अङ्क बनाए । शीर्ष स्थानको सर्बिया र दोस्रो स्थानको पोर्चुगलसँग समान चार–चार अङ्क छ । गोलान्तरको आधारमा सर्बिया अगाडि छ ।

jackson ribon