birat ribon

भारतीय प्रधानमन्त्री मोदीको बङ्गलादेश भ्रमणकाे विराेधमा प्रदर्शन : पाँच जनाको मृत्यु

Neuro
भारतीय प्रधानमन्त्री मोदीको बङ्गलादेश भ्रमणकाे विराेधमा प्रदर्शन : पाँच जनाको मृत्यु

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बङ्गलादेश भ्रमणको विरोधमा हिंसात्मक प्रदर्शन हुँदा पाँच जनाको मृत्यु भएको छ । बङ्गलादेशको ५० औँ स्वतन्त्रता दिवसमा सहभागि हुनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका थिए ।

मोदीको भ्रमण विरुद्ध इस्लामिक धार्मिक सङ्गठनले प्रदर्शन गरेको थियो । शुक्रवार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित पाँच जनाको मृत्यु भएको बिबिसिले जनाएको छ ।

cura insider

ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कयौं मानिस घाइते भएका छन् । मोदीको भ्रमणको विरोधमा ढाकामा विभिन्न स्थानमा प्रदर्शन भएको थियो ।

jackson ribon