birat ribon

सुनितालाई चेतनाको ‘आदर्श सन्तान’ सम्मान

Neuro
सुनितालाई चेतनाको ‘आदर्श सन्तान’ सम्मान

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एकजनालाई सम्मान गरेको छ । १५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो ।

परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले आदर्श सन्तान सम्मान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, वेनिगोपाल मुन्दडालगायतले खड्कालाई अविर, माला लगाएर नगद ११ हजारसहित सम्मानपत्र हस्तान्तरण गरे ।

cura insider

आमाको निधन भएपछि खड्काले बुवा लीलावल्लभ गौतमलाई आफ्नै घरमा ल्याएर राखेकी छन् । गौतमका ६ सन्तानमध्ये खड्का काँहिली सन्तान हुन् ।

jackson ribon