birat ribon

एपिएफले जित्यो मिल्स गोल्डकपको उपाधि

Neuro
एपिएफले जित्यो मिल्स गोल्डकपको उपाधि

विराटनगर । साइनो स्पोर्ट्स क्बल रानीलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले पहिलो मिल्स गोल्डकपको उपाधि जितेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।

cura insider

निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो । जितको लागि एपीएफका उज्जवल चाम्लिङ्ग राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाइले गोल गरि टिमको जित सुनिश्चत गरे ।

साइनकोको तर्फबाट टाईब्रेकरमा दिवाकर चौधरी, कैलाश बस्नेत र रबि थापा मगरले गोल गरेका थिए । दोर्जे तामाङ्ग प्रहार बाहिरियो भने तिर्थ बस्नेतले प्रहार गरेको गोल एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे ।

जितसँगै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता भएको साइनोले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

jackson ribon