birat ribon

नेपाल र बंगलादेश भिड्दै : पहिलो हाफ बराबरी

Neuro
नेपाल र बंगलादेश भिड्दै : पहिलो हाफ बराबरी

विराटनगर । नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ । त्रिदेशीय कप फुटबल अन्तर्गतको दोस्रो खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा राेकिएका हुन् ।

दशरथ रंगशालमा भएको खेलमा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन् । आजको खेलमा बराबरीमा रोकिए नेपाल फाइनल पुग्नेछ ।

cura insider

नेपालकाे कप्तानी गोलकिपर किरण चेम्जोङले गरेका छन् । डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान र फरवार्डमा अन्जन विष्ट र अभिषेक रिजाल छन् । सन्जोक राई र त्रिदेव गुरुङले सिनियर राष्ट्रिय टोलीबाट आजै डेब्यू गरेका हुन् ।

jackson ribon