birat ribon

नेपाल र बंगलादेश भिड्दै (लाइभ)

Neuro
नेपाल र बंगलादेश भिड्दै (लाइभ)

विराटनगर । नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । त्रिदेशीय कप फुटबल अन्तर्गत बंगलादेशसँगको खेल सुरु भएको छ ।

दशरथ रंगशालमा खेल सुरु भएको हो । लिग चरणको अन्तिम खेलमा नेपाल फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

cura insider

नेपाल, बंगलादेश र किर्गिस्तान यू–२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश फाइनल पुगिसकेको छ । किर्गिस्तानसँग बराबरीमा रोकिएको नेपाल फाइनल पुग्नका लागि बराबरीमा रोकिनुपर्ने दवाबमा छ ।

नेपालकाबाट गोलकिपर किरण चेम्जोङले कप्तानी गरेका छन् । डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान र फरवार्डमा अन्जन विष्ट र अभिषेक रिजाल छन् । सन्जोक राई र त्रिदेव गुरुङले सिनियर राष्ट्रिय टोलीबाट आजै डेब्यू गरेका हुन् ।

jackson ribon