birat ribon

प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिने पक्षमा जसपा नेता ठाकुर

Neuro
प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिने पक्षमा जसपा  नेता ठाकुर

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेता महन्त ठाकुरले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै समर्थन गर्ने संकेत गरेका छन् । वृहत् नागरिक आन्दोलनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गर्ने संकेत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्ना पार्टीले उठाएको माग सम्बोधन गर्ने आश्वासन दिएको बताउँदै उनले देशमा संकट परेपछि मात्रै आफूहरुलाई सम्झिने गरेको बताए । ‘हामीलाई लिखित सम्झौता चाहिएको छ’ उनले भने,‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ ।’

cura insider

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । अध्यक्ष प्रचण्डले १–२ दिन भित्र समर्थन फिर्ता लिने बताएका थिए । माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा जसपाले सहयोग गरे प्रधानमन्त्री ओलीको सरकार जोगिन्छ ।

मुलुकमा संकट आउँदा मात्रै आफ्नो पार्टीको जरुरत पर्ने बताउँदै उनले अहिले देखिएको राजनीतिक संकट एमाले पार्टीभित्रको आपसी लडाइँले भएको बताए । विश्वासको मत दिनुपर्ने अवस्था आए पार्टीले निर्णय गरेर अघि बढ्ने उनले बताए ।

jackson ribon