birat ribon

म अफ्ट्यारो महसुस गर्दैछु : नेपाल

Neuro
म अफ्ट्यारो महसुस गर्दैछु : नेपाल

विराटनगर । नेकपा एमाले नेता माधवकुमार नेपालले सर्वाेच्च अदालतकाे फैसलापछि आफूले अफ्ट्यारो महसुस गरिरहेकाे बताएका छन् । वृहत नागरिक आन्दोलनले गरेको कार्यक्रममा उनले सर्वाेच्च अदालतकाे फैसलापछि अफ्ट्यारो महसुस गरिहेको बताएका हुन् ।

प्रतिगामी कदम चाल्ने प्रधानमन्त्रीको विरोधमा उत्रिएको बताउँदै उनले सर्वाेच्च अदालले त्यहीँ पार्टीमा घोक्राएर पठाएपछि अफ्ट्यारो महसुस गरिरहेको बताए ।

cura insider

‘आज म बडो अफ्ट्यारो महसुस गर्दैछु, त्यहीँ पार्टीमा फेरि मलाई सर्वाेच्च अदालतले घोक्राएर पठाइदिएको छ,’ उनले भने ‘ सर्वाेच्च अदालतले बडो विचित्रको फैसला गरेको छ ।’

दुई पार्टीले एकताको निर्णय गरेको बताउँदै उनले सर्वाेच्च अदालतको फैसलाले आफूलाई अफ्ट्यारो बनाएको बताए ।

jackson ribon