birat ribon

नेपाल र बंगलादेश भिड्दै : फाइनल पुग्ने नेपालको लक्ष्य

Neuro
नेपाल र बंगलादेश भिड्दै : फाइनल पुग्ने नेपालको लक्ष्य

विराटनगर । नेपालले त्रिदेशीय कप फुटबल अन्तर्गत आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको अन्तिम खेलमा नेपाल फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

नेपाल, बंगलादेश र किर्गिस्तान यू–२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश फाइनल पुगिसकेको छ।

cura insider

आजको खेलमा बराबरी खेले नेपाल फाइनल पुग्ने छ । लिगको पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग बराबरीमा रोकिएको थियो ।

सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतसँग खेलेयता बंगलादेशविरुद्धको खेल नै दशरथ रंगशालमा सिनियर टोलीको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो । खेल अाज सहिद रंगशालामा हुनेछ ।

jackson ribon