birat ribon

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयासरत छु : सभामुख

Neuro
संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयासरत छु : सभामुख

काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपिएको बताए । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाए ।

cura insider

गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको बताए । तर अझै पनि बहस नसकिएको सभामुख सापकोटाले बताए ।

संसदमा जनअपेक्षाअनुसार काम नभएको पनि सभामुख सापकोटाले स्वीकार गरे । उनले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्नेखालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव पनि आएको छ । तर पनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूलाठूला समस्याहरूको समाधान गरेको पनि बताए ।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिए पनि निराश हुनपर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।

jackson ribon