birat ribon

महेश्वरको ‘जादू’ सार्वजनिक

Neuro
महेश्वरको ‘जादू’ सार्वजनिक

विराटनगर / कवि तथा गीतकार महेश्वर शर्माको गीत ‘जादू’ सार्वजनिक भएको छ ।

राजेश पायल राई तथा मेलिना राईको स्वर रहेको गीतमा आनन्द राईले सङ्गीत भरेका हुन् । सङ्गीत संयोजन महाराज थापाले गरेका हुन् ।

cura insider

युवराज वाईबाले निर्देशन गरेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेको हुन् भने निसल पौडेल तथा दिपेन्द्र भट्टले छायाङ्कन गरेका हुन् ।

भिडियोमा पुष्प खड्का र एलिसा राईको अभिनय छ । भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

jackson ribon