birat ribon

‘रुमाल चिनो छ’ अर्थात ‘फोटो फिरिममा २’

Neuro
‘रुमाल चिनो छ’ अर्थात ‘फोटो फिरिममा २’

विराटनगर / नेपाली सङ्गीतिक इतिहासमा सर्वाधिक रुचाइएको गीत हो ‘फोटो फिरिममा’ । शिशिर भण्डारीको शब्द तथा सङ्गीत रहेको गीतको फिमेल भर्सनमा रचना रिमालले आवाज दिएकी थिइन् । यो गीतले लाखौँ दर्शकको मन जित्नुका साथै रचनाको करिअर अगाडि बढाउन ठूलो मद्दत गरेको थियो ।

लगभग तीन महिनापछि गीतको मेल भर्सन पनि सार्वजनिक गरियो । मेल भर्सनमा गायक प्रताप दासले आवाज दिए । गीतको भिडियोमा शिशिर भण्डारीसँगै कलाकार रिस्ता बस्नेत, निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम, निर्मल न्यौपाने र प्रविण भट्टको अभिनय रहेको छ । भिडिओमा शिशिर र रिस्ताको सम्बन्ध देखाइएको छ ।

cura insider

माया, विश्वास र घातको एउटा कथामा तयार पारिएको गीत हो ‘फोटो फिरिममा’ । अब शिशिर ‘फोटो फिरिममा २’ को तयारीमा लागिपरेका छन् । उनको जन्मदिनको अवसरमा उनले सो घोषणा गरेका हुन् । ‘फोटो फिरिममा’ को भिडियो आधुरो थियो र त्यही अधुरो भागलाई पूरा गर्न ‘रुमाल चिनो छ’ अर्थात फोटो फिरिममा २ ल्याउन लागिएको हो ।

यो गीतमा पनि गायक प्रताप दासले नै आवाज दिने भएका छन तर गीतको फिमेल भर्सनका लागि गायिका फाइनल नभएको कलाकार भण्डारी बताउँछन् । उनले भने, ‘फिमेल भर्सनको घोषणा नगर्दा पनि बीचबीचमा रचनाको नाम आइरहेको छ । मैले देखिरहेको छु प्रताप भएपछि रचना नै हुनुपर्छ धेरै जनाले कमेन्ट गर्नुभएको छ । अब दर्शकको चाहनाअनुसार नयाँ गायिका वा रचना नै समय आएपछि घोषणा गर्नेछौँ,’ उनले थप्दै भने, ‘त्यसो त प्रताप यो गीतमा एक्लो गायक हुन्नन्, एक जना चाहिँ प्रतिभाशाली र लामो समयदेखि सङ्घर्ष गरिरहेका एकजना गायकलाई पनि हामी यो गीतमा समेट्दै छौँ ।’

‘फोटो फिरिममा २’ (रुमाल चिनो छ) वैशाख २ गते नयाँ नयाँ न्युज नेपालको युटुब च्यानलमार्फत रिलिज हुनेछ ।

jackson ribon