birat ribon

विद्यार्थी परिषद्ले गर्‍यो गुरु सम्मान कार्यक्रम

Neuro
विद्यार्थी परिषद्ले गर्‍यो गुरु सम्मान कार्यक्रम

सुनसरी / प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुनसरी बहुमुखी क्याम्पस इकाई समिति इनरुवाले गुरु सम्मान कार्यक्रम गरेको छ । शुक्रबार परिषद्को क्याम्पस समितिले सुनसरी बहुमुखी क्याम्पसका गुरुहरूलाई सम्मान गरेको हो ।

परिषद्का सगरमाथा प्रदेश सदस्य सुवास विक (सौरभ) को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल प्रमुख आतिथि रहेका थिए । यस्तै विशेष अतिथिमा सुनसरी बहुमुखी क्याम्पसका सहप्रमुख रमेशकुमार मण्डल र परिषद्का राष्ट्रिय सङ्गठन सहसचिव रमेश कँडेल रहेका थिए ।

cura insider

कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव जीवन निरौला, परिषद्मा आबद्ध अन्य प्रतिनिधि, शिक्षक साथै कलेजका विद्यार्थीको सहभागिता रहेको थियो ।

jackson ribon