birat ribon

विराटनगरबाट ‘बिहे पास’को छायाङ्कन सुरु

Neuro
विराटनगरबाट ‘बिहे पास’को छायाङ्कन सुरु

विराटनगर / प्रतीक्षित फिल्म ‘बिहे पास’को छायाङ्कन सुरु भएको छ । शुक्रबार विराटनगरको एक मन्दिरबाट शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।

cura insider

रोहित कट्टेलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा रत्न श्रेष्ठको मुख्य लगानी रहेको छ । अन्तरजातीय विवाहपश्चात माइतीमा रहेकी श्रीमती फिर्ता ल्याउन श्रीमान्ले गर्ने सङ्घर्षका कथामा फिल्म निर्माण हुने निर्देशक पौडेल बताउँछन् ।

फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । ‘बिहे पास’को छायाङ्कन विराटनगरका विभिन्न स्थानमा हुनेछ ।

jackson ribon