birat ribon

जनगणनाका लागि दुई लाखको आवेदन

Neuro
जनगणनाका लागि दुई लाखको आवेदन

विराटनगर / राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् ।

जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।

cura insider

माग गरिएभन्दा करिब चार गुणाभन्दा बढीले आवेदन दिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले एक लाख ३६ हजार सात सय एक जनाले गणक पदमा, १८ हजार पाँच सय १३ जनाले सुपरीवेक्षक र दुवै पदमा ३३ हजार आठ सय नौ जनाले आवेदन दिएको बताए ।

एक महिनाका लागि करार सेवा छनोट गर्ने गणकले तोकिएको क्षेत्रमा १५ दिन तथ्याङ्क सङ्कलन गर्नुपर्नेछ । सुपरीवेक्षकलाई दुई महिनाका लागि करारमा भर्ना गरी उक्त अवधिमा सात दिनको तालिम र २० दिन तथ्याङ्क सङ्कलन, १५ दिन गणक सुपरीवेक्षण र सम्बन्धित वडाको विवरण वडा कार्यालयबाट सङ्कलन गर्नुपर्ने कार्य जिम्मेवारी तोकिने जानकारी उनले दिए । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणना हुँदै छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon