birat ribon

सार्क मुलुकमा बढ्यो कोरोना

Neuro
सार्क मुलुकमा बढ्यो कोरोना

विराटनगर / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुक (सार्क) मा घट्दै गएको कोरोना सङ्क्रमण एक महिनायता उकालो लाग्न थालेको छ ।

फागुन मध्यताका नेपालमा सक्रिय सङ्क्रमित ०.३ प्रतिशतमा झरेको थियो । भारतमा १.४ प्रतिशत, भुटानमा ०.५, बङ्गलादेशमा ७.७, अफगानिस्तानमा ७.१, माल्दिभ्समा १२.७, पाकिस्तानमा ३०.८ र श्रीलङ्कामा ४.७ प्रतिशत सक्रिय केस थिए । चैत लग्दासम्म नेपालमा सक्रिय ‘केस’को अवस्था उस्तै रहे पनि भुटान, भारत, श्रीलङ्का र पाकिस्तान लगायतका देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको थियो ।

cura insider

निको हुने दर बढेर ९९ प्रतिशतसम्म पुगेको थियो । कोरोना निको हुने दर बढ्दै गएको थियो तर चैतको पहिलो सातादेखि भने सार्क मुलुकको सङ्क्रमण दर उच्च बनेको छ ।

चैत १० गते मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार नेपालका सङ्क्रमितको दर बढेर ०.४ प्रतिशत पुगेको छ । भारतको तीन प्रतिशत, बङ्गलादेशको सात, पाकिस्तानको ४.७, श्रीलङ्काको ३.२, माल्दिभ्सको १०.८ र अफगानिस्ताको ७.१ प्रतिशत सक्रिय केस रहेको थियो । भुटानमा मात्र सक्रिय केस शून्यको अवस्थामा छ । त्यहाँ एक साताअघि ०.१ प्रतिशत सक्रिय केस थियो । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon