birat ribon

ह्वात्तै बढे कोरोना सङ्क्रमित

Neuro
ह्वात्तै बढे कोरोना सङ्क्रमित

विराटनगर / मुलुकमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

फागुन अन्तिम साता २ अङ्कमा झरेको संक्रमित संख्या पछिल्लो पाँच दिनयता उकालो लागेको हो । मुख्यतः भारतमा सङ्क्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण सङ्क्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार एक सय १८ जनामा सङ्क्रमण देखिएको छ ।

cura insider

सङ्क्रमित बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । केही दिनयता सबैभन्दा बढी गत २१ फागुनमा छ हजार एक सय ४३ जनाको कोरोना परीक्षण भएको देखिएको छ ।

देशभर हालसम्म कुल सङ्क्रमित संख्या दुई लाख ७६ हजार छ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले एक हजार दुई सय सय ९९ सक्रिय सङ्क्रमित छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon