birat ribon

कांग्रेस नेता जोशीको निधन

Neuro
कांग्रेस नेता जोशीको निधन

विराटनगर / कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

५७ वर्षीय जोशी मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत थिए । नेता जोशीको उपचारका सबै प्रयास जारी राखेकै वेला शुक्रबार राति ८ः२४ बजेतिर निधन भएको वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

cura insider

फागुन १४ फागुनमा नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।

पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । २०७० मा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका उनी कांग्रेसका केन्द्रीय सदस्य थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon