birat ribon

विभाजनबाट बच्यो एमाले

Neuro
विभाजनबाट बच्यो एमाले

विराटनगर / सत्तारुढ दल नेकपा (एमाले) विभाजनबाट बचेको छ । पछिल्लो समय उत्पन्न राजनैतिक विवादका कारण एमाले विभाजननजिक पुगेको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद विस्तारै मत्थर हुने अवस्थामा पुगेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका प्रायः सबै सांसद उपस्थित थिए । वरिष्ठ नेता नेपाल र अर्का नेता भीम रावलबाहेक अन्य सबै सांसद संसदीय दलको बैठकमा सहभागी भएर आफ्नो कुरा राखेका थिए ।

cura insider

यसअघि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आइरहेका नेपाल खनाल समूहका प्रायःजसो सबै सांसद बैठकमा सहभागी भएपछि एमालेमा विभाजनको सम्भावना टरेको विश्लेषण गरिएको छ । यसअघि शुक्रबार बसेको असन्तुष्ट पक्षको अनौपचारिक बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो । सो निर्णय गर्दै असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाएको थियो ।

प्रधानमन्त्री ओलीले एमाले विभाजनका रेखा र आशंका शुक्रबारको बैठकबाट सकिएको पनि बताए । राजधानी दैनिकमा समाचार छ

jackson ribon