birat ribon

डढेलोले बढ्यो प्रदूषण, सूचकांक हानिकारक तहमा

Neuro
डढेलोले बढ्यो प्रदूषण, सूचकांक हानिकारक तहमा

विराटनगर / काठमाडौं उपत्यका र मुलुकका विभिन्न भागमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ।

उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ।चितवन, मकवानपुर, ओखलढुङ्गा, बारा, पर्सालगायत जिल्लामा डढेलो लागेकाले ती भेगबाट धूवाँमिश्रित वायु उपत्यका भित्रिएकाले एक्यूआई खस्किएको विज्ञको बुझाइ छ। भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालसम्म देखिएको उनीहरूको ठहर छ।

cura insider

वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ। ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ। ‘एक सातादेखि निरन्तर रूपमा वायु गुणस्तर खस्किन थालेको छ। शुक्रबार झनै खस्कियो’, वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले भने। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon