birat ribon

उपाधिको लागि एपिएफ र साइनो भिड्दै

Neuro
उपाधिको लागि एपिएफ र साइनो भिड्दै

विराटनगर/ पहिलो मिल्स गोल्डकपको उपाधि हात पार्न सशस्त्र प्रहरी (एपिएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुँदैछ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपराह्न हुने गोल्डकपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरी भिड्ने भएको हो ।

साइनोले बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरानलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले पहिलो सेमिफाइनलमा एलेभने एरोज क्बल दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

cura insider

साइनो स्पोर्ट्स क्लबका प्रशिक्षक राजु थापाले यसअघि भएको खेलमा डिफेन्स र मिडफिल्डमा देखिएको कमजोरी सच्याएर फाइनलमा प्रस्तुत हुने बताए । एपिएफ शारीरिक रूपमा बलियो रहेकाले पनि आप्ना खेलाडीहरूलाई नयाँ रणनीति अपनाएर खेल्नुपर्ने अवस्था भएको उनले बताए । ‘अहिलेसम्म खेलाडीहरूको मेहनतको कारणले जित सम्भव हुँदै आएको छ,’ उनले भने फाइनलमा ४, ३, ३ रनिङ्गमा खेलाडी मैदानमा उत्रार्नेछु ।’ विपक्षीलाई रोक्न योजना बनाएर अगाडि बढने उनको भनाइ छ ।

यता एपिएफका प्रशिक्षक सुवास गिरीले खेलाडीको मेहनतका कारणले जित निकाल्दै फाइनलमा पुगेको बताए । फाइनलमा नयाँ रणनीति अपनाएर खेलाडी उपाधिका लागि मैदानमा उत्रिने उनले बताए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफी र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।

jackson ribon