birat ribon

सामाजिक विकास मन्त्रीको पहिलो निर्णय विद्यालयको भवन बनाउने

Neuro
सामाजिक विकास मन्त्रीको पहिलो निर्णय विद्यालयको भवन बनाउने

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले दभार ग्रहण गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयको एउटा भवन बनाउने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

cura insider

पदभार ग्रहण पछि मन्त्री राईले मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनले बताइन् ।

‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन,’ उनले भनिन् ‘जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छु ।’ कोरोना संक्रमण पुन ः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्नुपर्ने उनको भनाई थियो ।

jackson ribon